होली र रमजान पर्व आफ्नै घरमा मनाउन पर्सा प्रशासनकाे सार्वनजनिक आदेश

फाल्गुन १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
होली र रमजान पर्व आफ्नै घरमा मनाउन पर्सा प्रशासनकाे सार्वनजनिक आदेश
वीरगन्ज । आसन्न निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै पर्सा प्रशासनले होली र रमजान पर्व आफ्नो घरमा मात्र मनाउन सार्वनजनिक आदेश जारी गरेको छ । 

निर्वाचनका बेला हुन सक्ने उच्छृंखल गतिविधि नियन्त्रण गर्न र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन फागुन १५ गतेदेखि मदिराजन्य पदार्थको बिक्री-वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाएको स्थानीय प्रशासनले जनाएको छ । 

प्रशासनले जारी गरेको सूचनामा खुला चौर तथा अन्य सार्वजनिक स्थानमा पर्व मनाउन पूर्णरूपमा निषेध गरिएको जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.