काठमाडौं उपत्यका केन्द्रित रास्वपाकाे अभिवादन कार्यक्रम जारी

फाल्गुन १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं उपत्यका केन्द्रित रास्वपाकाे अभिवादन कार्यक्रम जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाले शनिबार काठमाडौंउपत्यका केन्द्रित जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम जारी राखेको छ । 

कार्यक्रमले उपत्यकाका तीनै जिल्ला समेट्ने छ । ‘एउटै लक्ष्य, एउटै आवाज, एउटै प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आयोजना भएको कार्यक्रमको उद्देश्य जनतासँग प्रत्यक्ष भेटघाट र जनसम्पर्क विस्तार गर्नु रहेको रास्वपाले जनाएको छ। 

पशुपतिनाथ प्रवेशद्वार नजिकैको गौशालाबाट सुरू भएको यो अभियान बेलुकी साढे ६ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर समापन हुनेछ। पशुपतिनाथबाट सुरू भएको यात्राले चाबहिल, जोरपाटी, साँखु, मुलपानी, पेप्सीकोला हुँदै भक्तपुरको सानोथिमी, दुवाकोट, ब्यासी, कमलविनायक, जगाती र सूर्यविनायक पूरा गरिसकेको छ । 

 जडिबुटी, ग्वार्को, मंगलबजार, जावलाखेल हुँदै ललितपुरको पुलचोकमा पुगेपछि सहभागीहरुले दिउँसो १:०० बजे खानाका लागि छोटो समय छुट्याइएका थिए । दोस्रो चरणमा कालिमाटी , टेकु, थापाथली, कीर्तिपुर, बल्खु, सतुंगल, चन्द्रागिरी, सितापाइला, स्वयम्भू, बालाजु, माछापोखरी, टोखा, बुढानीलकण्ठ, सुकेधारा, विशालनगर, बालुवाटार, नक्साल, माइतीदेवी, पुरानो बानेश्वर, नयाँ बानेश्वर, माइतीघर, पुतलीसडक, जमल, लैनचौर, सामाखुसी, गोङ्गबु हुँदै वनस्थली चोकस्थित ‘घण्टी घर’ (रास्वपा केन्द्रीय कार्यालय) मा पुगेर कार्यक्रम समापन हुनेछ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.