उज्यालो नेपाल पार्टीले शनिबार खुला मञ्चमा उज्यालो प्रतिबद्धता सभा गर्ने

फाल्गुन १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
उज्यालो नेपाल पार्टीले शनिबार खुला मञ्चमा उज्यालो प्रतिबद्धता सभा गर्ने

काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले शनिबार काठमाडौंको खुला मञ्चमा उज्यालो प्रतिबद्धता सभा आयोजना गर्ने भएको छ ।

पार्टीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचनलक्षित प्रतिबद्धता सभा गर्न लागिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रचारप्रसार समितिका संयोजक तथा काठमाडौं क्षेत्र नम्बर–५ का उम्मेदवार श्रीराम गुरुङले पार्टीका प्रतिबद्धताहरुलाई जनतालाई बुझाउनको लागि सभा गर्न लागिएको जानकारी दिनुभयो । 

सभामार्फत मुलुकको विकासको स्पष्ट रोडम्याप सार्वजनिक गरिने दाबी गर्नुभयो । मुलुकलाई भाषण नभइ परिणाम चाहिएको गुरुङको भनाइ छ । अध्यक्ष घिसिङको प्रमुख आतिथ्यमा हुने सभामा ऊर्जा विस्तार, आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र राष्ट्रिय विकासका ठोस योजना सार्वजनिक गरिने गुरुङले जानकारी दिनुभयो ।

उहाँले सभामा उपस्थित भई पार्टीका प्रतिबद्धताहरु बुझ्न र अरुलाई समेत जानकारी दिई सहयोग गर्न अपील गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.