
काठमाडौं । प्रधानमन्त्री सुशील कार्कीले गैरसरकारी संघ, संस्थाहरूले नेपालको राष्ट्रिय प्राथमिकता र जनताको आवश्यक्ताअनुसार स्रोत, साधन परिचालन गर्नुपर्ने बताउनुभएको छ ।
मंगलबार समाज कल्याण परिषद्को डिजिटल सेवा शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री कार्कीले राज्यको नीतिअनुसार सामाजिक तथा नागरिक संस्थाहरू सक्रिय हुनु लोकतन्त्रको सबल पक्ष भएको पनि उल्लेख गर्नुभयो ।
उहाँले नेपालमा सामाजिक संघ, संस्थाहरूले विपद्मा खेलेको भूमिका प्रसंशनीय रहेको पनि बताउनु भयो । जनसहभागिता, दिगोपना, मितव्ययिता, लक्षित वर्गमुखि कार्यक्रम र स्वयमसेवी भावनालाई आत्मासात गर्दै अघि बढे गैरसरकारी संस्थाहरूको सान्दर्भिकता अझै बढेर जाने प्रधानमन्त्री कार्कीको विश्वास छ ।
प्रधानमन्त्री कार्कीले परिषद्ले सामाजिक क्षेत्रको कामलाई अघि बढाउनका लागि अतुलनीय योगदान पुर्याउने अपेक्षा समेत गर्नुभयो ।