रास्वपालक्षित दाहालको टिप्पणी : घण्टी बजाएर केही हुनेवाला छैन

माघ १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
रास्वपालक्षित दाहालको टिप्पणी : घण्टी बजाएर केही हुनेवाला छैन

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोसल मिडिया स्टन्टबाजी गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको टिप्पणी गर्नुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका एकता पक्षधरसँगको एकता घोषणा कार्यक्रममा बोल्दै उहाँले सो जिकिर गर्नुभएको हो । संयोजक दाहालले सो पार्टीमा विचार र सिद्धान्तको खडेरी भएकलो निर्वाचनको बेलामा सोसल मिडियामा स्टन्टबाजी गर्नेबाहेक अरू केही गर्न नसकेको आरोप समेत लगाउनु भयो । 

उहाँले मुलुकलाई घण्टी बजाएर मात्रै केही हुन नसक्ने भन्दै सबै बामपन्थी शक्तिहरूलाई एकताबद्ध भएर अघि बढन पनि आह्वान गर्नुभयो । सबै बामपन्थी शक्तिहरू एकताबद्ध भएर अघि बढेमात्रै मुलुक र जनताको हित हुने संयोजक दाहालको भनाइ थियो ।

संयोजक दाहालले मोहन वैद्य किरणलाई पनि आफ्नो पार्टीमा समाहित भए सम्मानका साथ स्वागत गर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.