
भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने थुनामुक्त हुन शुक्रबार रूपन्देही पुग्दै हुनुहुन्छ ।
उहाँ भरतपुरसम्म जहाजमा र त्यसपछि गाडीमा रूपन्देही जाँदै हुनुहुन्छ । रास्वपा सभापति लामिछानेका लागि बिहान ७: ५५ को बुद्ध एयरको काठमाडौं भैरहवाको टिकट काटिएको थियो । जुन काठमाडौंबाट भैरहवा पुग्ने पहिलो फ्लाइट हो । उहाँलाई भैरहवा पुग्न मौसमका कारण समस्या भएपछि उहाँ भरतपुरसम्म फ्लाइटमा र त्यसपछि गाडीमा जान लाग्नु भएको हो ।
रवि लामिछाने भैरहवा पुग्ने भएपछि रूपन्देहीसहित भैरहवाको सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरू रविको स्वागतमा भैरहवा विमानस्थल आसपास जुटेका छन् ।