
रौतहट । बसको ठक्करबाट रौतहटमा दुई वर्षीय बालकको मृत्यु भएको छ।
जिल्लाको गरूडा नगरपालिका वडा नं १ जयनगरमा शुक्रबार स्कुल बसले ठक्कर दिँदा दुई वर्षीय बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता बिष्णु प्रदिप बस्यालले जानकारी दिनुभएकाे हाे ।
माधवनारायण नगरपालिका वडा नं ३ सखुआवास्थित सञ्चालनमा रहेको ओम एकेडेमी स्कुलको प्रदेश ३-००१ ख १७२६ नम्बरको बस जयनगर हुँदै मानपुर जाने क्रममा गरूडा नगरपालिका वडा नं १ जयनगर बस्ने रंजन साहका दुई वर्षका छोरा आदित्य कुमार साहलाई ठक्कर दिएको रौतहट प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका बालक आदित्यको घटनास्थलमै मृत्यु भएको थियो । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ । ठक्कर दिने बस इलाका प्रहरी कार्यालय गरूडाको नियन्त्रणमा रहेको र घटनापछि फरार रहेका बस चालकलाई पक्राउ गर्नको लागि खोजी कार्य भई रहेको साथै प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।