निर्वाचनमा सहभागी हुनुको विकल्प छैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

कार्तिक २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचनमा सहभागी हुनुको विकल्प छैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा सहभागी हुनुको विकल्प नरहेको बताउनुभएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको निर्वाचन अग्रिम र आकस्मिक भएकाले निर्वाचनमा जानुको विकल्प नरहेको बताउनु भयो । उहाँले संविधान जीवित राख्नका लागि पनि निर्वाचनमा सहभागी हुनुपर्ने जरूरी रहेको बताउनु भयो । 

निर्वाचनमा जाने प्रयोजनका लागि सरकारले निर्वाचनमय वातावरण बनाउने प्रयोजनका लागि शान्ति सुरक्षाको पहिलो प्रत्याभुति गरिदिनुपर्ने उहाँले बताउनु भयो । निर्वाचनको प्रक्रियामा सहजता र निर्वाचन कुनै हालतमा बिथोलिँदैन, असुरक्षाको भावना बोकेर मतदानस्थलमा पुग्नु पर्दैन भन्नेकुरा सरकारले विश्वास दिलाउन सक्नुपर्ने उहाँले जिकिर गर्नुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले घोषणा गर्नुभएको मिति (फागुन २१) मा निर्वाचन गराउन निर्वाचन आयोग लागिपरेको बताउनु भयो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनमा जाने सबै राजनीतिक दलहरूको तयारी रहेको बताउनु भयो । उहाँले निर्वाचनका लागि शान्ति सुरक्षा र निर्वाचनमय वातावरण तयार पार्नुपर्ने राजनीतिक दलहरूको माग रहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.