रौतहट । रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्डको सबगढामा यात्रुवाहक बस दुर्घटना भएको छ । चन्द्रनिगाहपुरबाट गौर तर्फ आउदै गरेको ना ४ ख ५३१८ नम्बरको यात्रुवाहक बस सबगाढा लचका तर्ने क्रममा अनियन्त्रीत भएर बाटोको बाया तर्फ कोल्टो परेको हो । घटनामा कुनै मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
अविरल बर्षा पछि आएको बाढीका कारण हाल सम्म चपुर - गौर सडक खण्ड अवरुद्ध रहेकाे छ। बसमा सवार रहेको १६ जना यात्रु लाई उद्धार गरेर बाहिर निकालिएको प्रहरीले जनाएको छ । लच्कामा पानीको बहावका कारण साना गाडी र बसहरु समेत संचालनमा आएका छैनन । बसलाई सो स्थानबाट निकाल्ने प्रयास भइरहेको समेत जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।