सप्तकोशी नदीमा जलसतह बढ्दै, १५ वटा ढोका खोलियो

आश्विन १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
सप्तकोशी नदीमा जलसतह बढ्दै, १५ वटा ढोका खोलियो

राजविराज । शनिबार बिहानैदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह बढेको छ । 

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार सप्तरी र सुनसरीको बीचमा रहेको सप्तकोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड एक लाख नौ हजार ३६० क्युसेक पुगेको छ ।

पानीको बहाव बढ्न थालेपछि कोशी ब्यारेजका ५६ ढोकामध्ये शनिबार रातिसम्म १५ वटा ढोका खोलिएका छन् । शनिबार दिउँसो पानीको बहाव एक लाख दुई हजार ३५ क्युसेक थियो ।

साथै तराई मधेस र पूर्वी पहाडी जिल्लामा भइरहेको अविरल वर्षाका कारण पानीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ । स्थानीय प्रशासनले कोशी ब्यारेज आसपास बस्नेहरूलाई सर्तकता अपनाउन आग्रह गरेको छ ।-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.