काठमाडौं । पानीको बहाव बढेसँगै वागमती नदी किनारका जोखमपूर्ण क्षेत्रका ज्येष्ठ नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
नेपाली सेनाको श्री गणेशदल गण र अन्य सुरक्षा निकायको संयुक्त टोलीले शनिबार गुह्येश्वरी र टेकु दोभानस्थित सत्प्रयास वृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई पचली भैरव मन्दिरमा स्थानान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
निरन्तर बर्सातका कारण हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न उपत्यकाभित्र थप जोखिमयुक्त १९ स्थानमा दक्ष जनशक्तिलाई आवश्यक उपकरणसहित पूर्वतैनाथी गरिएको पनि निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।-रासस