काठमाडौं । जेन-जी आन्दोलनमा ज्यान गुमाएका मध्ये १० जनाको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ ।
त्रिवि शिक्षण अस्पतालमा रहेका ९ र पाटन अस्पतालमा रहेका १ गरी १० वटा शवको मंगलबार अन्त्येष्टि गर्न लागिएको हो । चार जनाको शव नगरपरिक्रमासहित पशुपति आर्यघाट पुर्याइएको छ ।
६ वटा शव सेनाको हेलिकप्टरमार्फत गृह जिल्ला लग्ने तयारी छ । रसिक खतिवडा, गौरव जोशी, दिपेश सुनुवार र विनोद महर्जनको शव आर्यघाट पुर्याइएको हो । आर्यघाटमा सशस्त्र प्रहरीको टोलीले राष्ट्रिय सम्मान अर्पण गर्ने छ ।
यसैगरी सन्तोष विश्वकर्मा, प्रविन कुलुङ, सारकुमार राई, छत्रमान कुथुमी, साजन राई र विजय चौधरीको शव हेलिकोप्टरबाट गृहजिल्ला लगिँदै छ ।
यसअघि नै जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका केही मृतकको दाहसंस्कार भइसकेको छ । सरकारले मृतकहरूको राष्ट्रिय सम्मान दिएर अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।
साेमबार बसेको मन्त्रिपरिषद् बैठकले पनि मृत्यु हुनेको परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख गरेर १५ लाख रूपैयाँ दिने निर्णय गरेको छ । जेन-जी आन्दोलनमा ७३ जनाको मृत्यु भएको छ ।