रौतहट । सर्वोच्च अदालतले छानबिन एवं अनुसन्धान प्रक्रिया अगाडी बढाउनका लागि १९ वर्ष पहिलेको गौर घटनाको परमादेश जारी गरेपछि जनता समाजवादी पार्टी, नेपाल-जसपाका नेताहरू आन्दोलित बन्दै गौरमा मशाल जुलुस प्रदर्शन गरेका छन् ।
गौरको बिपी चौक बाट टायर बाली मशाल जुलुस निकालिएको थियो। सर्वदलीय बैठकबाट भएको निर्णयअनुसार शनिबार मसाल जुलुस गरिएको हाे ।
घटनाको १९ वर्षपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले गौर हत्याकाण्डको छानबिनको काम अघि बढाउन रौतहट प्रहरीलाई परमादेश दिएको हो ।
२०६३ साल चैत ७ गते गौरस्थित राइसमिल चौरमा फोरम र माओवादीबीच झडप हुँदा २७ जनाको ज्यान गएको थियो । मशाल जुलुसमा रामकिशोर यादव, पूर्व संविधान सभा सदस्य बबन सिंह, मधेश प्रदेशका पूर्व मन्त्री योगेन्द्र यादव, बाबुलाल साह,राजकुमार दासलगायतका दर्जनौं नेता एवं कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । बैठकबाट भएको निर्णयअनुसार भोली बृहद जुलुस कार्यक्रम रहेको छ।