जसपा नेपालद्वारा गौरमा जुलुस प्रदर्शन

भाद्र ३, २०८२ |राजेश्वर पाण्डे
जसपा नेपालद्वारा गौरमा जुलुस प्रदर्शन

रौतहट । सर्वोच्च अदालतको आदेशविरूद्ध रौतहटको गौरमा जसपा नेपालले जुलुस प्रदर्शन गरेको छ।

गौर हत्याकाण्डमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई सरकारले फसाउन खोजेको भन्दै अहिले गौरमा जसपा नेपालले विरोध प्रदर्शन गरेको छ ।

जसपाको रौतहट जिल्ला कार्यसमितिले गौरको बिपी चौकबाट निकालेको विरोध जुलुस प्रदर्शन गरेको हो । भुमि अध्यादेश पारित गर्न सरकारसँग सहमतिका लागि जसापाले नमान्दा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजेको प्रदर्शनकारीको भनाइ छ ।

पार्टीका जिल्ला कार्य समितिले साेमबार पनि टायर बालेर प्रदर्शन गरेका थिए। घटनाको १९ वर्षपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले गौर हत्याकाण्डको छानबिनको काम अघि बढाउन रौतहट प्रहरीलाई परमादेश दिएको हो । 

२०६३ साल चैत ७ गते गौरस्थित राइसमिल चौरमा फोरम र माओवादीबीच झडप हुँदा २७ जनाको ज्यान गएको थियो ।


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।


सम्बन्धित