रौतहट । सर्वोच्च अदालतको आदेशविरूद्ध रौतहटको गौरमा जसपा नेपालले प्रदर्शन गरेको छ।
गौर हत्याकाण्डमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई सरकारले फसाउन खोजेको भन्दै अहिले गौरमा जसपा नेपालले प्रदर्शन गरेको छ ।
जसपाको रौतहट जिल्ला कार्यसमितिले गौरको बिपी चौकमा टायर बालेर सरकार र अदालतको आदेशविरूद्ध प्रदर्शन गरेको हो । सरकारको इसारामा सर्वोच्च अदालतबाट गौर घटना छानबिन गर्न आदेश आएको प्रदर्शनकारीको भनाइ छ ।
घटनाको १९ वर्ष पछि सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले गौर हत्याकाण्डको छानबिनको काम अघि बढाउन रौतहट प्रहरीलाई परमादेश दिएको हो ।
२०६३ साल चैत ७ गते गौरस्थित राइसमिल चौरमा फोरम र माओवादीबीच झडप हुँदा २७ जनाको ज्यान गएको थियो ।
याे पनि :