भारतको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयको होस्टलमा नेपाली विद्यार्थी मृत फेला

फाल्गुन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयको होस्टलमा नेपाली विद्यार्थी मृत फेला

काठमाडौं । भारत उडिसाको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी मृत फेला परेपछि दोषीलाई कारबाहीको माग गर्दै नेपाली विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका छन् ।

‘बी टेक’ तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी आइतबार राति विश्वविद्यालयको होस्टलमै मृत फेला परेकी थिइन् । विद्यार्थीहरू घटनाको निष्पक्ष छानबिन र दोषीलाई तत्काल पक्राउ गर्नुपर्ने माग सहित क्याम्पसको मुख्य गेट अवरुद्ध गर्दै प्रदर्शनमा उत्रिएका हुन् । तनावपछि विश्वविद्यालय प्रशासनले त्यहाँ अध्ययनरत २ हजारभन्दा बढी नेपाली विद्यार्थीलाई घर जान निर्देशन दिएको छ । आगामी चैत दोस्रो सातादेखि परीक्षा तालिका रहे पनि विश्वविद्यालयले कहिले फर्किने भन्ने विषयमा जानकारी दिएको छैन ।

मेकानिकल इन्जिनियरिङका विद्यार्थीसँग प्रेम सम्बन्ध रहेको र ब्रेकअपपछि मानसिक तनाव दिएको उल्लेख गरिएको सुसाइड नोट र फोन समेत फेला परेको छ । उक्त सुसाइड नोट प्रहरीले लुकाएको भन्दै नेपाली विद्यार्थी आक्रोशित भएका छन् ।

अहिले विश्वविद्यालय परिसरको स्थिति सामान्य रहेको र शवलाई पोस्टमोर्टमका लागि पठाइएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृतक विद्यार्थीका अभिभावकलाई भुवनेश्वर बोलाइएको प्रहरीले जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement