गलत संगतमा नपर्न युवापुस्तालाई प्रधानमन्त्रीको आग्रह

पुस १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
गलत संगतमा नपर्न युवापुस्तालाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवापुस्तालाई गलत व्यक्तिको संगतमा नपर्न आग्रह गर्नुभएको छ ।

आईतबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले व्यक्ति चिनेर मात्र संगत गर्न युवाहरुलाई आग्रह गर्नुभएको हो ।

उहाँले पछिल्लो समय समाजमा युवाहरुलाई भड्काउन अनेक क्रियाकलाप भइरहेका उल्लेख गर्दै यसतर्फ सबै सचेत हुनुपर्ने बताउनु भयो ।

गलत मान्छेको संगतमा परेर समय खेर फाल्नुभन्दा सयमको सदुपयोग गर्न जरुरी रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘युवाहरुलाई मेरो आग्रह के छ भने गलत संगतमा नपर्नुस् । मान्छे आफैँ बिग्रिँदैन संगतले बिगारेको हुन्छ । कोही ड्रगिस आफैं भएको हुँदैन । संगतले नै बिगारेको हुन्छ । कोही मान्छे अत्यन्त राम्रो भएर निस्किएको हुन्छ, त्यसमा अरुको गुण आएको हुन्छ । आमाबाट गुण आएको हुन्छ, बाउबाट आएको हुन्छ । साथीभाईबाट गुण आएको हुन्छ । त्यसकारणले गलत व्यक्तिको संगत नगर्नुस्, संगत गर्नुभन्दा अगाडि राम्रो व्यक्ति छानेर गर्नुस् भन्छु मैले,’ उहाँले भन्नुभयो ।

नेकपा (एमाले) देश बनाउने अभियानमा हिँडेको उहाँको दाबी छ । अन्य राजनीतिक दलहरुले आफूलाई राम्रो भन्न नसकेका कारणले एमालेलाई नराम्रो भन्दै हिँडेको उहाँको टिप्पणी छ । कार्यक्रममा सन् २०२४ को मिसेस हेरिटेज इन्टरनेशलको उपाधि जित्नुभएकी विभा बस्नेत लगायत पार्टी प्रवेश गनुभएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement