काठमाडौं । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्दिकरणमा मुद्दा दायर भएको छ ।
स्थानीय बासिन्दाहरूलाई कम मूल्यमा जग्गा बेच्न लगाई हाउजिङ व्यवसायीलाई फाइदा पुर्याएको आरोपमा नगरप्रमुख बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
बस्नेतसहित पद्मा हाउजिङ सञ्चालक राजुप्रसाद कंडेल र मेयर बस्नेतकी श्रीमती उर्मिला बस्नेतविरुद्ध पनि मुद्दा दायर भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिनुभयो ।
अख्तियारले उहाँमाथि ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस लिएको आरोप लगाएको छ । त्यस्तै सम्पत्ति शुद्दिकरणमा १३ करोड १२ लाख ७३ हजार ३२ बिगो दायर गरिएको छ ।