पोखरामा दुर्घटना, ८ चिनियाँ पर्यटक घाइते

वैशाख ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
पोखरामा दुर्घटना, ८ चिनियाँ पर्यटक घाइते

कास्की । पोखरामा जिप र माइक्रो बस आपसमा ठोक्किँदा पोखरा घुम्न आएका आठ चिनियाँ पर्यटक घाइते भएका छन् ।

पोखरा महानगरपालिका ७, सहिदचोकबाट मुस्ताङ चोकतर्फ जाँदै गरेको बा.१३च ५१३७ नम्बरको जिप (स्कार्पियो) र ड्याम साइडबाट रत्नचोकतर्फ जाँदै गरेको बा.१च ८५१ नम्बरको माइक्रो बस (हाइस) आज बिहान आपसमा ठोक्किँदा चिनियाँ पर्यटक घाइते भएका हुन् ।

हाइसमा चढेका १४ मध्ये आठ चिनियाँ घाइतेको कास्की प्रहरीले जनाएको छ । उनीहरुको पृथ्वी चोकस्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइते सबैको स्वास्थ्य अवस्था मध्यम छ ।

स्कार्पियोमा भने चालक मात्र रहेको र दुवै गाडीका चालकलाई बैदम प्रहरीले नियन्त्रणमा लिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement