काभ्रे । काभ्रेको रोशी गाउँपालिका-४, महादेवटार सामुदायिक वनमा लागेको आगो सानोकोटा गाउँमा पुग्दा १४ घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार नजिकैको वनमा लागेको आगो हावाले फैलिएर गाउँमा पुगेको थियो ।
प्रहरी र स्थानीयबासीको सहयोगमा गाउँको आगलागी नियन्त्रणमा आएको भए पनि वनमा लागेको आगो भने नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त हुन सकेको छैन ।