नेपालले पाँचौं विकेट गुमायो, कुशल मल्ल पनि आउट

वैशाख १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
 नेपालले पाँचौं विकेट गुमायो, कुशल मल्ल पनि आउट

काठमाडौं । वेस्ट इन्डिज 'ए' र नेपालबीचको तेस्रो टी-ट्वेन्टी खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ । नेपालले पाँचौं विकेटका रुपमा कुशल मल्ललाई गुमाएको हो । उनले ११ बलमा २० रन बनाएर आउट भएका हुन् ।

 यसअघि लोकेश बम २८, आरिफ शेख ३, विनोद भण्डारी १९ रन र अनिल साह १४ रनमा आउट भएका थिए । नेपालले अहिले १३ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १०० रन बनाएर खेलीरहेको छ ।

टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले नेपाललाई २२८ रनको लक्ष्य दिएको छ । वेस्ट इन्डिजले आक्रामक सुरुवात गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२७ रन बनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.