त्रिशूली ट्याक्सी दुर्घटना अपडेट : ५ को मृत्यु १ बेपत्ता

चैत्र १७, २०८० |पोषनाथ अधिकारी
त्रिशूली ट्याक्सी दुर्घटना अपडेट : ५ को मृत्यु १ बेपत्ता
प्रतीकात्मक तस्बिर ।

धादिङ । काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज विहान त्रिशुली नदीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । एक जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । 

 ट्याक्सीमा चालकसहित ६ जना भएको प्रहरीले अनुमान गरेको छ । मृत्यु हुनेमा २ पुरुष, २ महिला र १ बालिका रहेका छन् । 

मृत्यु हुनेहरूमा ३५ बर्षीय ट्याक्सी चालक अर्जुन शिर्मल, ४१ वर्षीय हरिमाया रोकाय, ७० वर्षीय जुनकिरी रोकाय,२८ वर्षीय अन्जना रोकाय र ९ वर्षीय बालक आगमन नगरकोटी रहेका छन् । मृतकहरू सबै गोरखा जिल्लाको गोरखा नगरपालिकाका रहेका छन् ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement