बझाङमा एमालेका दमनबहादुर भण्डारी अगाडि

वैशाख १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
बझाङमा एमालेका दमनबहादुर भण्डारी अगाडि

बझाङ । बझाङ प्रदेशसभा-१ को मतगणनाको पछिल्लो जानकारी अनुसार एमालेका दमनबहादुर भण्डारी अगाडि हुनुहुन्छ । उहाँलाई नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले पछ्याइरहनु भएको छ भने सिंहलाई माओवादी केन्द्रका जनकबहादुर बुढाले पछ्याउँदै हुनुहुन्छ ।

मतगणनाको पछिल्लो आँकडाअनुसार एमालेका भण्डारीले तीन हजार ६ सय २६ मत ल्याउनु भएको छ भने निकटतम प्रतिस्पर्धी कांग्रेसका अभिषेकबहादुर सिंहले तीन हजार एक मत ल्याउनु भएको छ । सिंह र भण्डारीबीच ६ सय २५ मतको अन्तर छ । 

यस्तै अर्का प्रतिस्पर्धी माओवादी केन्द्रका जनकबहादुर बुढाले १ हजार ९ सय ४ मत ल्याउनु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.