म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका ३ मार्फामा पर्ने राजखोला (मार्फाखोला) मा बिहीबार दिउँसो आएको बाढीले बेनी-जोमसोम खण्डको यातायात रोकिएको छ ।
धौलागिरि दोस्रो र टुक्चेचुली हिमालको बीचमा पर्ने धम्पुसचुली हिमाल फेदमा पर्ने काशीघन क्षेत्रमा रहेको हिउँ दिउँसोको चर्को घामले पग्लदा ठाडो खहरेखोलामा बाढी आएको जनहित मावि जोमसोमका शिक्षक सुदीप नेपालीले जनाए ।
उनका अनुसार ठाडो खहरे खोलामा कालो लेदो माटोसहितको बाढी आएपछि बेनी-जोमसोम सडकमा यातायात अवरुद्ध भएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले यातायात सञ्चालनका लागि दुईवटा एक्साभेटरले ह्युमपाइप राखेर काम गरिरहेको जनाए ।
तस्बिर सौजन्य : सुदीप नेपाली