कवि राजेश ढुंगानाको कविता संग्रह ‘मैले खोजेको देश’ सार्वजनिक

वैशाख १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
कवि राजेश ढुंगानाको कविता संग्रह ‘मैले खोजेको देश’ सार्वजनिक

काठमाडौं । कवि राजेश ढुंगानाको दोस्रो कविता संग्रह `मैले खोजेको देश´ लोकार्पण भएको छ । कविता संग्रह विमोचनमा बोल्दै वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले राजेशलाई पहिले विद्रोही स्वभावको भए पनि अहिले शालीन, शान्त र परिपक्व व्यक्तित्वको रुपमा आफूले पाएको बताउनुभयो । वरिष्ठ नाट्यकर्मी अशेष मल्लले कवितालाई दुःखको साथी बनाएर राजेशले राजनीतिभन्दा देशप्रेममा लागेको उल्लेख गर्नुभयो ।

यस्तै समालोचक प्रा.डा. कृष्णप्रसाद दाहालले संग्रहमा ५ हरफदेखि ६७ हरफसम्मका कविताहरु रहेका र ती सूत्रात्मक र सुक्तिमय रहेको बताउनुभयो । समीक्षक ज्ञानु अधिकारीले प्रस्तुत संग्रहमा वर्तमान राजनीतिप्रति व्यंग्य र भुइँमान्छेप्रति विश्वास रहेको बताउनुभयो । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले राजेशले कविताको माध्यमबाट कलात्मक विद्रोह गरेको बताए । कार्यक्रममा कवि राजेन्द्र शलभ, रञ्जना निरौला र श्रीबाबु कार्कीले कविता संग्रहभित्रका एक-एक वटा कविता वाचन गरेर सुनाएका थिए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.