कहाँ पुग्यो मिटरब्याज पीडितको ‘न्याय मार्च’ ?

फाल्गुन ६, २०८० |पोषनाथ अधिकारी
कहाँ पुग्यो मिटरब्याज पीडितको ‘न्याय मार्च’ ?

धादिङ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको न्याय मार्च आज मुग्लिनबाट धादिङको चरौंदी आइपुगेको छ ।

बिहान मुग्लिनबाट अघि बढेको टोली आज चरौंदीमा बास बस्ने संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले जानकारी दिए । उनका अनुसार अहिले न्याय मार्चमा आठ सय पीडित सहभागी छन् ।

ठाउँ-ठाउँमा बास बस्ने ठाउँको अभाव र खानपिनको समस्या भएकाले दुई सय जनालाई घर फिर्ता गरिएको पनि उनले बताए । अन्य जिल्लाबाट आउने पीडितसँग फागुन ९ गते साँझ काठमाडौंको थानकोटमा भेट हुने तयारी छ । माघ १६ गते झापाको काँकडभिट्टा र कञ्चनपुरको गड्डाचौकीबाट एकसाथ मिटर पीडितहरुको ‘न्याय मार्च’ सुरु गरिएको हो ।

विस्तृत भिडियोमा :


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।