अपडेट : पाल्पाको तिनाउमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु, ८ घाइते

फाल्गुन १, २०८० |माधव अर्याल
अपडेट : पाल्पाको तिनाउमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु, ८ घाइते

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका ६, मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस सिखरडाँडा जाँदै गरेको लु.१ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्ब शर्माले जानकारी दिए ।

मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको उद्धारमा खटिएका दिनेश घिमिरेले कान्तिपुर टेलिभिजनलाई जानकारी दिए । घटनास्थलमा प्रहरी र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा उद्धार गरी पठाएका छन् । मृतक र घाइतेको पहिचान भने अझै खुलिनसकेको प्रहरीले जनाएको छ ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।