अन्त्येष्टि सकियो, आशा सकिएन

माघ ५, २०८० |आश गुरुङ
अन्त्येष्टि सकियो, आशा सकिएन

लमजुङ । म यतिबेला दुधपोखरी गाउँपालिका वडा नं. १ घमरचोक गाउँमा छु । मेरो पृष्ठभूमिमा रहेको घर रुस-युक्रेन युद्धमा ज्यान गुमाएको भनिएका साजन गुरुङको हो । 

वैदेशिक रोजगारीका लागि मकाउ जाने भन्दै गत भदौ पहिलो साता ३२ वर्षीय साजन गुरुङ विदेश उडे । कृषिको कामका लागि भन्दै विदेश लागेको छोरालाई बिदाइ गरेर बाबु श्रीमान् गुरुङ घर फर्केका थिए । तर, केही समयमै साजन रुसी सेनामा भर्ती भएको र फोटोसमेत सार्वजनिक भएपछि उनी स्तब्ध भए ।

रुस पुगेपछि परिवारसँग सातामा एक पटक मात्र कुरा गर्ने छोराको मृत्युको हल्ला फैलिएपछि परिवार अहिले विक्षिप्त छ । जर्मनीमा रहेका श्रीमानका कान्छा छोरा कुमार गुरुङले दाइको मृत्यु भएकोबारे परिवारलाई जानकारी गराएका थिए । 

भाइ कुमारले दाइको मृत्युको खबर घर पठाएपछि परिवारले पुस २९ गते गुरुङ संस्कार अनुसार क्रिया कर्म समेत गरिसकेको छ ।

साजनका पाँच वर्षीय छोरा, श्रीमती, आमाबुवासहित परिवार घरमै छन् । भाइ बुहारी भने जर्मनी बस्दै आएका छन् ।

सम्बन्धित समाचार...

देशै सामेल नभएको युद्धमा ज्यानको बाजी, शव पाउने/नपाउने टुंगो नहुँदा कुशको शव बनाएर अन्तिम संस्कार


Image

आश गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका लमजुङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement