आजदेखि खुले पनि सरकारी कार्यालय सुनसान (फोटो फिचर)

कर्मचारीको उपस्थिति न्यून
कार्तिक १०, २०८० |मुरारी घिमिरे
आजदेखि खुले पनि सरकारी कार्यालय सुनसान (फोटो फिचर)

काठमाडौं । दसैंको बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालयहरु खुलेका छन् । सरकारी कार्यालय खुले पनि चहलपहल भने न्यून छ ।

घटस्थापनादेखि बन्द रहेका सरकारी कार्यालय आजदेखि सञ्चालनमा आएका हुन् । कार्यालयमा सेवाग्राही र कर्मचारीको उपस्थिति न्यून छ ।

दसैंपछिको पहिलो दिन भएकाले पनि सेवाग्राही र कर्मचारीको उपस्थिति कम भएको हो । केन्द्रीय प्रशासनिक निकाय सिंहदरबारभित्रका मन्त्रालय र कार्यालयमा पनि खासै चहलपहल छैन ।

भोलि (शनिबार) सार्वजनिक बिदा परेकाले अधिकांश कर्मचारीले शुक्रबार व्यक्तिगत बिदाबाट काटिने गरी घरबिदाको निवेदन भरेका छन् ।

डिल्लीबजारमा रहेको मालपोत कार्यालय, त्रिपुरेश्वरमा रहेको राहदानी विभाग र ललितपुरको एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयमा पनि सेवाग्राही फाट्टफुट्ट पुगेका छन् । सीमित कर्मचारीबाट कार्यसम्पादन गरिएको छ । थप तस्बिरमा हेरौं त्यहाँको अवस्था :


Image

मुरारी घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।