रातो टीका निधारमा... (फोटो फिचर)

कार्तिक ८, २०८० |मुरारी घिमिरे
रातो टीका निधारमा... (फोटो फिचर)

काठमाडौं । विजयादशमी अर्थात बडादसैंको आज दोस्रो दिन पनि मान्यजनको हातबाट टीका जमरा लगाइँदै छ ।

हिजो नवदुर्गाको प्रसादका रूपमा टीकाजमरा र आशीर्वाद लिन नपाएकाहरुले आज पनि मान्यजनबाट आशीर्वाद लिने क्रम चलेको छ । यो क्रम कोजाग्रत पूर्णिमासम्म चलिरहन्छ । आज पनि सर्वसाधारणले रातो टीका निधारमा, शिरमा जमरा लगाएर मान्यजनको आशीर्वाद लिइरहेका छन् ।

उत्तम साइतमा टीका लगाउन नपाउनेहरुका लागि देवी विसर्जनको साइत सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न कोजाग्रत पूर्णिमासम्म बाधा नहुने र जुनसुकै बेला पनि टीका ग्रहण गर्न सकिने पञ्चांग निर्णायक समितिले जनाएको छ ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने बडा दसैं मनाइने गरिन्छ ।

आज पनि टीकाजमरा लगाउने र लगाएकाहरु गन्तव्यमा जान हतारो गरिरहेको देख्न सकिन्छ । हेरौं दसैंको रातो टीका निधारमा र शिरमा जमरा लगाएका सर्वसाधारणका थप तस्बिर :


Image

मुरारी घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।