ठाउँ-ठाउँमा पहिरो खस्दा अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै खुलेन

भाद्र ९, २०८० |उत्तम चौलागाईं
ठाउँ-ठाउँमा पहिरो खस्दा अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै खुलेन

खोटाङ । लगातारको वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो खस्दा शुक्रबारदेखि बन्द मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन।

खोटाङको हलेसी तुवाचुङ्ग नगरपालिकास्थित बर्खेटारमा फेरि ठूलो पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको छ । उक्त ठाउँमा पहिरो खस्ने क्रम नरोकिएकाले पन्छाउन कठिनाई भएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि भोजपुरबाट खोटाङ हुँदै र खोटाङबाट काठमाडौं तथा पूर्वी सहर आवतजावत गर्ने यात्रु तथा सवारी साधन बीच बाटोमै अलपत्र परेका छन्।

उदयपुरतर्फको रसुवाघाटमा पहिरोले पोल बगाएर विद्युत अवरुद्ध हुँदा खोटाङलगायतका पहाडी जिल्ला शुक्रबार बिहानैदेखि अन्धकार भएका छन्।


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।