स्याङ्जा । प्रतिनिधिसभा अन्तर्गत स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरुङ ३१ हजार ४६६ मत ल्याई विजयी भएका छन् ।
उनले निकटतम प्रतिस्पर्धी एमालेकी पद्माकुमारी अर्याललाई ५६२७ मतान्तरले पराजित गरेका छन् । पराजित अर्यालले २५ हजार ८३९ मत ल्याइन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ८ हजार ११३ मत पाए ।
यस क्षेत्रमा जम्मा ७० हजार १९१ मत खसेको थियो ।
स्याङ्जाको प्रदेशसभा क्षेत्र नम्बर २ (२) बाट नेपाली कांग्रेसका महेश भट्टराई १८ हजार ८०८ मतले विजयी भएका छन् । उनले नेकपा एमालेका बुद्धिमान श्रेष्ठ लाई पराजित गरेका छन् । पराजित श्रेष्ठले १६ हजार ९९९ मत ल्याए ।