पाकिस्तानको क्वेटा सहरको रेलवे स्टेसनमा बम बिस्फोट, २५ जनाको मृत्यु

कार्तिक २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
पाकिस्तानको क्वेटा सहरको रेलवे स्टेसनमा बम बिस्फोट, २५ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको बलुचिस्तानस्थित क्वेटा सहरको रेलवे स्टेसनमा बम बिस्फोट हुँदा २५ जनाको मृत्यु भएको छ ।

बिस्फोटमा परी ४६ जनाभन्दा बढी घाइते भएको र मृत्यु हुनेको संख्या बढ्न सक्ने त्यहाँका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बलुचिस्तानका स्वास्थ्य अधिकारी वसिम बेगले बिस्फोटमा मृत्यु भएकाहरुको शवलाई अस्पताल लगिएको जानकारी दिनुभएको छ । 

क्वेटाका एसएसपी मुहम्मद बलोचले रेलवे स्टेसनमा यात्रुहरुले रेल कुरिरहेका बेला बिष्फोट भएको बताउनुभएको छ । उक्त समयमा स्टेसनमा करिब दुई सयभन्दा बढी यात्रु थिए । 

ज्यान गुमाउनेमा सैनिक पनि रहेको बताइएको छ । बिष्फोटको जिम्मा भने बलुच लिबरेसन आर्मीले लिएको छ । बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुगातीले घटनाको निन्दा गर्दै बिस्फोटका दोषीलाई कारबाहीको दायरामा ल्याउने बताउनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.