अमेरिकाको बाल्टिमोरमा पटापस्को नदीको पुल भाचिँदा ६ जनाको मृत्यु

चैत्र १४, २०८० |कान्तिपुर टीभी संवाददाता
अमेरिकाको बाल्टिमोरमा पटापस्को नदीको पुल भाचिँदा ६ जनाको मृत्यु

काठमाडौं । अमेरिकी सहर बाल्टिमोरस्थित पटापस्को नदीको पुलमा मालबाहक पानी जहाज ठोक्किएर पुल नै भाचिँदा ६ जनाको मृत्यु भएको छ ।

यूएस कोस्ट गार्डका अनुसार मालबाहक पानी जहाज ठोक्किँदा ३ किलोमिटर लामो पुल भाँचिएको छ र पुल भाँचिदा थुप्रै सवारी साधन नदीमा खसेको अनुमान गरिएको छ । अहिलेसम्म ६ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा अहिले पनि उद्दार तथा खोजी कार्य जारी छ ।

मेरील्यान्डका गभर्नर वेस मूरले दुर्घटनाबाट प्रभावित मानिसहरुको सम्झनामा पुलको पुनर्निर्माण गरिने बताएका छन् । राष्ट्रपति जो बाइडनले पुलको पुनर्निर्माण र बन्दरगाहलाई पुनः सञ्चालनमा ल्याउन सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement