वीरगन्ज नेसनल मेडिकल कलेजमा छापा, प्रहरी नियन्त्रणमा प्रबन्ध निर्देशक हुसेन

चैत्र २६, २०८० |कान्तिपुर टीभी संवाददाता
वीरगन्ज नेसनल मेडिकल कलेजमा छापा, प्रहरी नियन्त्रणमा प्रबन्ध निर्देशक हुसेन

पर्सा । वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा आज (सोमबार) प्रहरी सहितको अनुगमन टोलीले छापा मारेको छ । मेडिकल कलेजको प्रयोगशालामा म्याद नाघेको केमिकल प्रयोग हुनेगरेको सूचनाका आधारमा छापा मारिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

छापामारका क्रममा प्रहरीले मेडिकल कलेजको ‘ए’ ब्लकमा रहेको प्रयोगशालाबाट म्याद नाघेका केमिकल बरामद गर्नुका साथै मेडिकल कलेजका प्रबन्ध निर्देशक साहनवाज हुसेनलाई नियन्त्रणमा लिएको छ ।

तीन वर्षअघि नै म्याद नाघेर प्रयोग गर्न नमिल्ने केमिकल प्रयोगशालामा प्रयोग गरेर नेसनल मेडिकल कलेजले बिरामीको स्वास्थ्यसँग खेलबाड गरेको सूचना प्राप्त भएपछि वीरगन्ज महानगरपालिका, औषधि व्यवस्था विभाग र पर्सा प्रहरीको संयुक्त टोलीले छापा मारेको पर्सा प्रहरी प्रमुख कुमुद ढुंगेलले जनाए ।

बरामद गरिएको केमिकलको परीक्षण गरी कानुनबमोजिमको प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.