विश्वकै प्रदूषित सहरमध्ये काठमाडौं एक नम्बरमा

वैशाख १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
विश्वकै प्रदूषित सहरमध्ये काठमाडौं एक नम्बरमा

काठमाडौं । विश्वकै प्रदूषित सहरमा काठमाडौं एक नम्बरमा रहेको छ ।

आइक्यू एयरको सूचीमा काठमाडौं आज पनि प्रदूषित सहरको सूचीको पहिलो नम्बरमा रहेको हो । आज बिहान ७ बजे जारी आईक्यू सूचि अनुसार काठमाडौंको हावाको गुणस्तर १ सय ७५ देखिएको छ । यो स्वास्थ्यका लागि हानिकारक मानिन्छ । 

यस्तै चीनको राजधानी बेइजिङ प्रदूषित सहरको सूचीमा दोस्रो नम्बरमा छ । बेइजिङको हावाको गुणस्तर १ सय ६७ रहेको छ । तेस्रो स्थानमा भियतनामको हानोई सहर छ । इन्डोनेसियाको मेदान, थाइल्यान्डको चियाङ माइ, इराकको बगदाद, बंगलादेशको ढाका, भारतको नयाँ दिल्लीसमेत प्रदूषित १० सहरमा परेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.