मानसिक स्वास्थ्य सचेतनाका लागि ५० कर्मचारीलाई तालिम

चैत्र २६, २०८० |कान्तिपुर टीभी संवाददाता
मानसिक स्वास्थ्य सचेतनाका लागि ५० कर्मचारीलाई तालिम

काठमाडौं । मानसिक स्वास्थ्य सचेतनाका लागि ललितपुर महानगरपालिका ९ नम्बर वडाले तीनदिने कार्यक्रम गरेको छ । स्वस्थ समाजका लागि स्वस्थ मानसिक आवश्यक रहेको भन्दै आकार मेन्टल हेल्थ काउन्सेलिङसँगको सहकार्यमा वडाले कार्यक्रम गरेको हो ।

स्वस्थ घर र समाजका लागि महिलाको योगदान रहने भन्दै वडाले महिला कर्मचारी तथा स्वस्थ्य स्वयंसेवकलाई तीनदिने मानसिक सचेतना उपलब्ध गराएको हो ।

स्वस्थ मानसिकताले सेवाग्राहीलाई चुस्त सेवा दिन सकिने, भएकाले सबैले आफ्नो मानसिक स्वास्थ्यको ख्याल गर्नुपर्ने वडाकी महिला सदस्य सानु महर्जनले जनाइन् । परामर्शमा ५० जना सहभागी थिए । मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्ने उनले प्रतिबद्धता पनि जनाइन् ।

मानसिक स्वास्थ्यलाई प्रवर्द्धनका लागि व्यक्तिगत तथा सामुदायिक स्तरमा धेरै काम भएको पाइँदैन । मानसिक स्वास्थ्य समस्याको उपचार सम्भव भए पनि यसप्रति रहेको अज्ञान, लाञ्छना, विभेदका कारणले समस्या लुकाउने वा गलत उपचार खोज्ने प्रवृत्ति छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.