उपनिर्वाचन मतपरिणाम : बझाङमा कांग्रेसलाई पछ्याउँदै एमाले

वैशाख १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
उपनिर्वाचन मतपरिणाम : बझाङमा कांग्रेसलाई पछ्याउँदै एमाले

काठमाडौं । बझाङ-१ को मतगणनामा एमालेका उम्मेदवार दनम भण्डारीलाई १ सय २५ मतले पछि पार्दै कांग्रेसका अभिषेक सिंहले अग्रता कायमै राख्नुभएको छ ।

अहिलेसम्मको मतगणनामा कांग्रेसका सिंहले ९ हजार ४ सय ६८ मत ल्याउनुभएको छ भने एमालेका दमन भण्डारीले ९ हजार ३ सय ४३ मत ल्याउनुभएको छ ।

यस्तै माओवादी केन्द्रका जनक बुढाले ३ हजार ५ सय ८७ मत ल्याउनुभएको छ भने एकीकृत समाजवादीकाका दिलबहादुर सिंहले २ हजार ३ सय ७३ मत ल्याउनुभएको छ । मतगणना अहिले जारी छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.