एकीकृत समाजवादीले खाता खोल्यो, अछाम १ बाट शेरबहादुर कुँवर निर्वाचित

मंसिर ७, २०७९ |खम्म खत्री
एकीकृत समाजवादीले खाता खोल्यो, अछाम १ बाट शेरबहादुर कुँवर निर्वाचित

अछाम । नेकपा एकीकृत समाजवादीले अछाम १ बाट खाता खोलेको छ । अछाम क्षेत्र नं १ मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार शेरबहादुर कुँवर प्रतिनिधसभा सदस्यमा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार झपटबहादुर बोहोरालाई ४ हजार ४८९ मतान्तरले पराजित गरेका हुन् । कुँवरले १९ हजार ५३४ मत ल्याएका छन् ।

बोहोरा १५ हजार ४५ मत पाएका छन् ।  अछाम एमाले नेता भीम रावलको गृहजिल्ला हो ।


Image

खम्म खत्री

खत्री कान्तिपुर टेलिभिजनका अछाम संवाददाता हुन् ।