नेपाली बजारमा ‘एभरेस्ट एरोम्याटिक सुपर लङ्ग्रेन’

चैत्र २३, २०८० |कान्तिपुर टीभी संवाददाता
नेपाली बजारमा ‘एभरेस्ट एरोम्याटिक सुपर लङ्ग्रेन’

काठमाडौं । आरजु राइस मिलले स्थानीय किसानहरूको सहकार्यमा प्रिमियम एक्स्ट्रा लङ्ग्रेन बास्नादार चामल बिक्री सुरु गरेको छ ।

एभरेस्ट एरोम्याटिक सुपर लङ्ग्रेन नाम दिइएको चामल मिलका कार्यकारी अध्यक्ष वीरेन्द्र बस्नेतले पेप्सीकोलास्थित कार्यालयमा चामलको औपचारिक बिक्री सुरु भएको घोषणा गरे । एभरेस्ट चामलको शुभारम्भ गर्दै बस्नेतले नेपाली किसानको मात्र धान किनेर उपभोक्ता माझ पुर्‍याएको दाबी गरे ।

यो चामलको मूल्य विदेशबाट आयातित चामलको दाँजोमा निकै सस्तो हुने उनको प्रतिबद्धता छ । आयातितको तुलनामा यस चामलको लम्बाइ १७.४६ मिलिमिटर लम्बाइ रहेको छ । आरजु राइस मिलले विगत केही वर्षदेखि पूर्वी नेपालका मोरङ, सुनसरी तथा झापाका चार हजारभन्दा बढी बिघामा हजारौं किसानसँग सहकार्य गर्दै आएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

मिलले धान रोपाइँअगाडि नै स्थानीय किसानका लागि चलनचल्तीको न्यूनतम समर्थन मूल्यभन्दा बढी तोकेर धान खरिद गर्ने गरेको अध्यक्ष बस्नेतले जनाए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.