बौद्ध चिल्ड्रेन समूह विल्सन एकेडेमीसँग २५-२९ ले पराजित

माघ ८, २०८० |कान्तिपुर टीभी संवाददाता
बौद्ध चिल्ड्रेन समूह विल्सन एकेडेमीसँग २५-२९ ले पराजित

काठमाडौं । विल्सन एकेडेमी समूहले बौद्ध चिल्ड्रेन समूहलाई २५-२९ को साँघुरो अन्तरले पराजित गरेको छ ।

सिनियर छात्र विधातर्फको तीव्र प्रतिस्पर्धात्मक खेलमा विल्सन एकेडेमी समूहले बौद्ध चिल्ड्रेन समूहलाई २५-२९ को साँघुरो अन्तरले पराजित गरेको हो । 

यस्तै दोस्रो प्रतिस्पर्धामा बौद्ध अन्तर्राष्ट्रिय स्कुलले ड्‌याफोडिल पब्लिक ए समूहलाई ४१-२५ को फराकिलो अन्तरले पराजित गर्‍यो । 

सिनियर छात्र समूहअन्तर्गत ड्‌याफोडिलले उत्कृष्ट खेल प्रदर्शन र समूहकार्य कौशल पूर्ण प्रयत्नका कारण तीव्र प्रतिस्पर्धी समूह बृहस्पति विद्या सदनको कडा प्रतिरोधका बीच ४४-२१ को फराकिलो अन्तरले जित हासिल गर्‍यो ।

ड्‍याफोडिल कपको उत्साहपूर्ण फुटसल प्रतिस्पर्धाका दुवै विधातर्फका फाइनल खेल माघ १३ गते सम्पन्न हुनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.