कमेडी च्याम्पियन सिजन-३ को टाइटल स्पोन्सरमा रेडबुल इनर्जी ड्रिंक्स

माघ १९, २०८० |कान्तिपुर टीभी संवाददाता
कमेडी च्याम्पियन सिजन-३ को टाइटल स्पोन्सरमा रेडबुल इनर्जी ड्रिंक्स

काठमाडौं । नेपालकै पहिलो तथा मौलिक हास्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजनको 'टाइटल स्पोन्सर'मा लोकप्रिय इनर्जी ड्रिंक्स रेडबुल अनुबन्धित भएको छ । कमेडी च्याम्पियन सिजन थ्रीको टाइटल स्पोन्सर सम्बन्धी एडी रिलिज ग्रुपका अध्यक्ष हरिशरण सुवेदी, कान्तिपुर टेलिभिजनका सिईओ शिशिर पछाई र नेपालस्थित रेडबुल उत्पादक कम्पनी सरस बेभरेजका जनरल मेनेजर निर्भिक प्रधानबीच सम्झौता भएको हो । सरस बेभरेजका जनरल मेनेजर प्रधानले नेपालकै सर्वाधिक चर्चित हास्या रियालिटी शोमा प्रमुख प्रायोजकका रुपमा जोडिन पाउँदा खुसी लागेको बताए । उनले कार्यक्रमका लक्षित दर्शक र प्रवर्धन रणनीतिले रेडबुल ब्रान्डलाई उपभोक्ताबीच अझै निकट बनाउने उद्देश्यले टाइटल स्पोन्सरका रुपमा अनुबन्धित भएको बताए ।

यसैगरी, डिश मिडिया नेटवर्क,आईएमई लाईफ इन्स्योरेन्ससँग कार्यक्रमको 'पावर्ड बाई' क्याटेगोरीमा सम्झौता भइसकेको छ । 'सपोर्टेड बाई' क्याटेगोरीमा केडिया अर्गनाइजेसनको यति कार्पेट, जोय पपया सन, गोल्डस्टार सुज, दुगर ग्रुप, श्रीकेश हेयर ओइल, एक्स्पर्ट एडुकेसन एन्ड भिसा सर्भिसेज कमेडी च्याम्पियन सिजन थ्रीमा अनुबन्धित भइसकेका छन् । 

कमेडी च्याम्पियन सिजन थ्रीको भोटिङ पार्टनर खल्ती, स्टाइलिस पार्टनर डिभान युनिसेक्स सलुन, वार्डरोब पार्टनर त्रिशुल रहेका छन् । चर्चित ब्राण्डहरुको प्रायोजनमा प्रसारणमा आउन लागेको कमेडी च्याम्पियन सिजन थ्रीको जजहरुमा चर्चित हाँस्य कलाकारद्वय सन्तोष पन्त र मनोज गजुरेलका साथै चर्चित अभिनेत्री ऋचा शर्मा तथा सफल युवा निर्देशक प्रदीप भट्टराईले नै निरन्तरता पाएका छन् भने कार्यक्रम प्रस्तोतामा पनि रीमा विश्वकर्मालाई मेक्सम गौडेलले नै साथ दिनेछन् । यस सिजनका विजेताले पनि २५ लाख रुपैयाँ तथा सोही बराबरको गाडी जित्नेछन् ।

कमेडी च्याम्पियन सिजन थ्री कान्तिपुर टेलिभिजनमा प्रशारण सकिने बित्तिकै युट्युब च्यानल ओएसआर रियालिटीमा हेर्न सकिनेछ। डिजिटल अडिसनबाट आएका हजारौं आवेदकमध्ये १ सय ३२ जनालाई प्री–जजिङका लागि बोलाएर तीमध्ये ७६ जनालाई फिजिकल अडिसन राउन्डमा बोलाइएको थियो । तेस्रो सीजनमा नयाँ कमेडियनहरुमा उमेरको हिसाबले १३ वर्षकी बालिकाले आफ्नो प्रस्तुति दिनेछिन् भने केही जेष्ठ नागरिक पनि हुनेछन् । तराईको मौलिक स्वादसँगै कालीकोटको प्रस्तुति पनि रहनेछ । अमेरिकादेखि आएका प्रतिस्पर्धी पनि हुनेछन् । कमेडिनय च्याम्पियन सिजन थ्री कान्तिपुर टेलिभिजनबाट फागुन ३ र ४ गतेबाट प्रसारणको तयारीमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.