आजका मुख्य समाचार,
* सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेलाई प्रहरी प्रमुखबाट पनि उन्मुक्ति / अनुसन्धान निष्पक्ष हुनेमा आशंका / छानबिन नसकिएसम्म पद छाड्न कांग्रेसको माग ।
* इलाम र बझाङको उपनिर्वाचनमा सत्तारुढ दलहरु छुट्टाछुट्टै उम्मेदवारीको तयारीमा / गठबन्धन दलभित्रै विश्वासको संकट / धोखाधडी कारण बदनाम भएपछि दलहरु झस्किए ।
* देशभरका ६ सय २१ स्थानीय तहसँग छैन आगलागी नियन्त्रणका लागि आवश्यक दमकल / भएका पालिकामा पनि जनशक्ति अभाव / पानीको व्यवस्थापन अर्को चुनौती ।
* नीतिगत सुधार नहुँदा वैदेशिक लगानी बढ्नै सकेन / चालु आर्थिक वर्षको ७ महिनामा जम्मा ५ अर्ब भित्रियो / स्वार्थप्रेरित आयोजना र अनावश्यक अवरोधले लगानीकर्ता निरुत्साहित ।
* मुख्यमन्त्री केजरीवाललाई रिहाइको आदेश दिन दिल्ली उच्च अदालतद्वारा अस्वीकार / अमेरिकी विदेश मन्त्रालयको अभिव्यक्तिप्रति भारतको आपत्ति ।