कान्तिपुर समाचार, १३ चैत २०८०

चैत्र १३, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १३ चैत २०८०

आजका मुख्य समाचार

* बर्सेनि हजारौं स्वास्थ्यकर्मी उत्पादन हुँदा पनि डाक्टर अभावमा बिरामी अलपत्र / ३२ वर्षदेखि दरबन्दी थपिएन / रोजगारी नपाएर चिकित्सक विदेशिएको प्रधानमन्त्रीले थाहै पाएनन् ।

* अनधिकृत रुपमा कब्जा गरेको स्काउटको जग्गा छाड्न कांग्रेस सांसद् दीपक खड्काको अटेरी / अदालतको फैसला कार्यान्वयन गराउन स्काउटको हारगुहार / राजनीतिक नेतृत्व मूकदर्शक ।

* सिमेन्टको आन्तरिक खपत दशकयताकै न्यून / निकासी गर्नसमेत नपाउँदा उद्योग नै बन्द गर्नुपर्ने अवस्था / भारत निर्यातका लागि कूटनीतिक पहल गरिदिन उद्योगीको माग ।

* आफ्नो चाहनाविपरीत गाजामा युद्धविरामसम्बन्धी प्रस्तावमा अमेरिका तटस्थ बसेपछि इजरायल रुष्ट / वासिङ्टन जान लागेको प्रतिनिधिमण्डललाई नेतन्याहुले रोके ।

* आयरल्यान्ड उल्भ्सविरुद्धको दुई खेलको टी-ट्वेन्टी सिरिजमा नेपालको क्लिन स्विप / दोस्रो खेलमा नेपाल ७१ रनले विजयी / एसीसी प्रिमियर कपको घरेलु तयारी पूरा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement