‘मुलुकमा उत्पादन र रोजगारी बढ्न नसक्नुमा राज्यकै नीति दोषी’ (अर्थतन्त्र र समृद्धि : बजेट बहस)

जेष्ठ ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘मुलुकमा उत्पादन र रोजगारी बढ्न नसक्नुमा राज्यकै नीति दोषी’ (अर्थतन्त्र र समृद्धि : बजेट बहस)

आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट शिथिल रहेको अर्थतन्त्र चलायमान गराउने तथा रोजगारी सिर्जनामा केन्द्रित हुने भएको छ । कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘अर्थतन्त्र र समृद्धि बजेट बहस’ मा बोल्दै अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार सूर्य थापाले आन्तरिक उत्पादन बढाउने पनि बजेटको लक्ष्य हुने बताउनुभएको छ ।

कार्यक्रममा त्रिविका प्राध्यापक रामप्रसाद ज्ञवालीले भने लामो समय मुलुकमा उत्पादन तथा रोजगारी बढ्न नसक्नुमा राज्यकै नीति दोषी भएको बताउनुभयो ।

निजी क्षेत्र पनि व्यापार र नाफामा रमाउँदा रोजगारी सिर्जना गर्ने गरी उद्योग बढ्न नसकेको उहाँको भनाइ छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले राजस्व खुम्चेका बेला सरकारले रुग्ण उद्योग चलाउने नीति नलिन सुझाव दिनुभएको छ ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.