काठमाडौं । वेस्ट इन्डिज 'ए' र नेपालबीचको जारी तेस्रो टी-ट्वेन्टी खेलमा नेपालले दुई विकेट गुमाएको छ । विनोद भण्डारी १९ रन बनाएर आउट भए भने अनिल साह १४ रनमा आउट भएका हुन् । नेपालले अहिले ७ ओभरको समाप्तिमा २ विकेट गुमाएर ६७ रन बनाएर खेलीरहेको छ ।
टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले नेपाललाई २२८ रनको लक्ष्य दिएको छ । वेस्ट इन्डिजले आक्रामक सुरुवात गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२७ रन बनाएको छ ।