टी-ट्वेन्टी विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा अस्ट्रेलियाको टोली घोषणा

वैशाख १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
टी-ट्वेन्टी विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा अस्ट्रेलियाको टोली घोषणा

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा आगामी महिना सुरु हुने टी-ट्वेन्टी विश्वकपका लागि अस्ट्रेलिया टोलीको घोषणा भएको छ । अस्ट्रेलिया क्रिकेट बोर्डले मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

मार्सले पछिल्लो १२ महिनामा कप्तानको रूपमा अस्ट्रेलियाका लागि तीन टी-ट्वेन्टी अन्तर्राष्ट्रिय शृङखलामा नेतृत्व गरेका छन् । स्टार ब्याट्सम्यान स्टिभ स्मिथले भने टोलीमा सामेल छैनन् । टिममा कप्तान मिचेल मार्ससहित एस्टन आगर, प्याट कमिन्स, टिम डेभिड, नाथन एलिस, क्यामरन ग्रीन र जोस हेजलवुड छन् ।

यस्तै ट्राभिस हेड, जोस इन्ग्लिस, ग्लेन म्याक्सवेल र मिचेल स्टार्कले विश्वकप खेल्ने छन् । यस्तै मार्कस स्टोइनिस, म्याथ्यू वेड, डेभिड वार्नर र एडम जाम्पा पनि १५ सदस्य टोलीमा सामेल छन् । नवौं संस्करणको टी-ट्वेन्टी विश्वकप जुन २ देखि अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । जुन २९ सम्म चल्ने प्रतियोगितामा अस्ट्रेलियाले जुन ६ मा ओमानसँग आफ्नो पहिलो खेल खेल्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.