काठमाडौं । नेपाल र वेस्टइन्डिज ए बीचको तेस्रो टी–२० खेद अहिले कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी छ । वेस्टइन्डिजले टस जितेर पहिलो ब्याटिङ गरिरहेको छ । वेस्ट इन्डिजले १० ओभरमा १ विकेट गुमाएर १ सय ९ रन बनाएर खेलिरहेको छ ।
नेपालले आज कप्तान रोहति पौडेलसहित ४ जनालाई आरामा दिएको छ । आजको खेलमा नेपालको कप्तानी दीपेन्द्रसिंह ऐरीले गरेका छन् । आज रोहितसँगै कुशल भुर्तेल, सोमपाल कामी र आकाश चन्दलाई विश्राम दिइएको छ । करण केसी, विवेक यादव, विनोद भण्डारी र कमलसिंह ऐरीले प्लेइङ ११ मा स्थान बनाएका छन् ।
दुई टोलीबीचको ५ खेलको सिरिज हाल १–१ को बराबरीमा छ । नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको थियो ।