काठमाडौं । नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै एपीएफ क्लब सातौँ शेरबहादुर स्मृति प्रतिष्ठान राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कबर्ड हलमा भएको फाइनलमा एपिएफले पुलिसलाई ३-० को सोझो सेटले पराजित गरेर च्याम्पियन बन्न सफल भयो । पहिलो सेट २५ -२२ ले हातपारेको एपिएफ दोस्रो सेटमा एक समय धर्मराएको अवस्थामा पुग्यो । एक समय पुलिस ११-५ को अग्रता लिएको थियो तर त्यो अग्रतालाई जोगाउन न सक्दा एपिएफ १५-१५ को स्थितिमा बराबरी गर्यो ।
अन्तिम अवस्थासम्म निकै घम्साघम्सी चलेको सेट पुन एपिएफले २६-२४ ले आफ्नो पक्षमा पार्यो । तेस्रो तथा अन्तिम सेटमा एपिएफ पुलिसलाई सुरु देखिनै दबाबमा राख्दा एपिएफ २५-१९ सहज जित निकाल्दै उपाधिको हकदार बने ।
उपाधिसँगै एपिएफ ट्रफी सहित चारलख ९९ हजार हातपारे भने दोस्रो भएको नेपाल पुलिसले २ लाख ५० हजार तथा तेस्रो स्थान हात पारेको न्युडायमण्डले ट्रफी सहित १ लाख २५ हजार नगद हात पारे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफ क्लबकी निरुता ठगुन्ना घोषित भइन उसले ५० हजार नगद हात पारिन् । यस्तै विधागततर्फ एपिएफकी कविता भट्ट उत्कृष्ट सर्भर, जसना महतो उत्कृष्ट सेटर र महेश चौधरी उत्कृष्ट प्रशिक्षक बने । पुलिसकी लक्ष्मी चन्द उत्कृष्ट स्पाइकर र शान्तिकला तामाङ उत्कृष्ट लिब्रो बन्दा न्युडायमण्डकी सुमित्रा रेग्मी उत्कृष्ट बलर बन्न सफल भइन् ।
विधागत तर्फका उत्कृष्ट सबैले जनही २५ हजार नगदका दरले हात पारे । प्रतियोगिताको कुल बजेट ५० लाख रहेको थियो ।