न्युजिल्याण्डविरुद्धको दोस्रो टी-ट्वेन्टी आईमा पाकिस्तान ७ विकेटले विजयी

वैशाख ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
न्युजिल्याण्डविरुद्धको दोस्रो टी-ट्वेन्टी आईमा पाकिस्तान ७ विकेटले विजयी

काठमाडौं । न्युजिल्याण्डविरुद्धको दोस्रो टी-ट्वेन्टी आईमा पाकिस्तान ७ विकेटले विजयी भएको छ । जितसँगै घरेलु टोली पाकिस्तानले ५ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । पहिलो खेल बर्षाका कारण रद्द भएको थियो ।

पाकिस्तानले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । भ्रमण टोली १८ ओभर १ बलमा ९० रनमा अल आउट भयो । न्युजिल्याण्डका मार्क च्यापम्यानले सर्वाधिक १९ र कोल म्याकोन्चीले १३ रन बनाए । पाकिस्तानका फास्ट बलर शाहिन अफ्रिदीले ३ विकेट लिए भने करिब ५ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका मोहम्मद आमिर सहित शादाब खान र अबरार अहमदले २-२ विकेट लिए ।

जवाफमा बाबर आजमको टोलीले १२ ओभर १ बलमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । पाकिस्तानका युवा ओपनर साम अयुब ४ रन बनाएर पेभिलियन फर्किए । कप्तान बाबर आजमले १४ रन बनाए । मोहम्मद रिजवानले ३४ बलमा ४५ रन बनाए भने डेब्यु खेलाडी इरफान खान १८ रन बनाएर अविजित रहे । न्युजिल्याण्डका बेन लिस्टर, माइकल ब्रेसवेल र इश सोधीले समान १-१ विकेट लिए । तेस्रो खेल आज राति हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.